१६ बैशाख २०८३, बुधबार

प्रतिनिधि सभा निर्वाचन: रास्वपा अगाडि बढ्दै


अ+
अ-

काठमाडौं, फागुन २२ । प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर सुरु भएसँगै विभिन्न निर्वाचन क्षेत्रबाट प्रारम्भिक परिणाम आउन थालेका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनपछि तथा गए रातिदेखि नै धेरै स्थानमा मतगणना सुरु गरिएको हो।
निर्वाचन आयोगका अनुसार देशभरका धेरै निर्वाचन क्षेत्रमा मतगणना जारी छ र प्रारम्भिक चरणमै पाँच वटा क्षेत्रका उम्मेदवारले विजय हासिल गरेका छन् भने अधिकांश क्षेत्रकाे मत गणना जारी छ । 
प्रारम्भिक प्रवृत्तिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू धेरै क्षेत्रमा अग्रस्थानमा देखिएका छन्। निर्वाचन आयाेग पछिल्लो अद्यावधिकअनुसार सो पार्टी करिब १०६ भन्दा बढी निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको बताइएको छ। त्यस्तै नेकपा (एमाले), नेपाली कांग्रेस ११ स्थानमा, नेपाल कम्युनिस्ट पार्टी ८ स्थानमा, नेकपा एमालेले १० स्थानमा अग्रता लिएर अगाडि बढेकाे छ भने अन्य दलका उम्मेदवारहरू पनि केही क्षेत्रमा अगाडि रहेका छन्।
यसैबीच केही क्षेत्रमा औपचारिक परिणामसमेत आउन थालेका छन्। मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएको प्रारम्भिक जानकारी आएको छ भने नेपाली कांग्रेस मनाङबाट टेक बहादुर गुरूङ निर्वाचित भएकाे आयाेगले जनाएकाे छ ।
काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने विजयी भएको जनाइएको छ। यस्तै, काठमाडौँ ६ बाट शिशिर खनाल, काठमाडौँ ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् । ललितपुर ३ बाट डा. ताेसिमा कार्की विजयी भएकी छन् ।
यस्तै,नेकपा पूर्वी रुकुम पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित चएका छन् ।
पुष्पकमल दाहाल (प्रचण्ड) यो निर्वाचनमा विजय हासिल गर्ने पहिलो पार्टी प्रमुख बनेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संयोजक रहेका उनी ‘रुकुम पूर्व’ बाट विजयी भएका प्रचण्डले ११ हजार २ सय ८२ मत प्राप्त गरेका छन्।
यो निर्वाचनमा प्रत्यासी रहेका मध्ये रास्वपा अध्यक्ष रवी लामिछाने ठूलो मतान्तरका साथ अग्रस्थानमा छन् भने एमाले अध्यक्ष केपी ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पांग, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिंग प्रतिस्पर्धामा परेका छन्।
देशभर करिब ६० प्रतिशत मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। मतपेटिका दुर्गम क्षेत्रबाट हेलिकोप्टर तथा अन्य माध्यमबाट मतगणना केन्द्रमा ल्याइएपछि क्रमशः मतगणना अघि बढाइएको निर्वाचन अधिकारीहरूले बताएका छन्।
२७५ सदस्यीय प्रतिनिधि सभाका लागि भएको निर्वाचनअन्तर्गत १६५ सिट प्रत्यक्ष प्रणालीबाट र ११० सिट समानुपातिक प्रणालीबाट चयन गरिने व्यवस्था छ। अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन केही दिन लाग्न सक्ने अनुमान गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्