काठमाडौं, फागुन २७ । मध्य पश्चिम क्षेत्रमा विकसित भइरहेको परिस्थितिका कारण संयुक्त अरब इमिरेट्समा रहेको नेपाली कूटनीतिक नियोगहरूले मागपत्र प्रमाणीकरण (डिमान्ड एटेस्टेसन) सेवा अस्थायी रूपमा स्थगित गरेका छन्।
अबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार जारी गरेको सूचनाअनुसार नेपाल सरकारको उच्चस्तरीय आपतकालीन प्रतिक्रिया टोली (इमर्जेन्सी रेस्पोन्स टिम–ईआरटी) को निर्णयअनुसार उक्त सेवा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो।
राजदूतावासका अनुसार अबुधाबीस्थित नेपाली राजदूतावास तथा दुबईस्थित नेपाली महावाणिज्यदूतावासबाट नियमित रूपमा सम्पादन हुँदै आएको मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य हालको क्षेत्रीय परिस्थितिलाई मध्यनजर गर्दै अस्थायी रूपमा स्थगन गरिएको हो।
सूचनामा सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराउँदै अर्को सूचना जारी नभएसम्मका लागि सेवा रोकिएको उल्लेख गरिएको छ।
राजदूतावासले आवश्यक परेमा आगामी निर्णयबारे थप सूचना जारी गरिने तथा याे निर्णय आजैबाट लागू भएको जनाएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment