काठमाडौं, फागुन २१ । संयुक्त अरब इमिरेट्स (युएई)मा विकसित जटिल परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन नेपाली राजदूतावासले आग्रह गरेको छ।
अबुधाबीस्थित नेपाली राजदूतावासले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै युएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा सुरक्षित स्थानमा बस्न सबै नेपालीलाई अनुरोध गरेको हो।
राजदूतावासले सुरक्षा साइरन बजेको समयमा फोटो वा भिडियो नखिच्न तथा घटनास्थलसम्बन्धी कुनै पनि तस्वीर सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि आग्रह गरेको छ।
साथै साइरन बज्ने बित्तिकै सुरक्षा सतर्कता अपनाउँदै तुरुन्तै सुरक्षित स्थानमा जान र खतरा पूर्ण रूपमा नटरेसम्म सुरक्षित स्थानमै बस्न दूतावासले अनुरोध गरेको छ।
युएईमा रहेका नेपाली नागरिकलाई सुरक्षा सम्बन्धी सबै निर्देशन पालना गरी सतर्क रहन राजदूतावासले पुनः आग्रह गरेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment