एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ
काठमाडौं, साउन १ । चिनियाँ राष्ट्रपति सी चिनफिङले कृत्रिम बौद्धिकता (एआई) को विकास र विश्वव्यापी सुशासनका लागि खुलापन, सुरक्षा, समावेशिता र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार सन् २०२६ को विश्व कृत्रिम बौद्धिकता सम्मेलन ( वल्ड एआई कन्फरेन्स ) तथा विश्वव्यापी एआई सुशासनसम्बन्धी उच्चस्तरीय बैठकको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति सीले एआई विकास तथा सुशासनका लागि चार बुँदे प्रस्ताव प्रस्तुत गरेका हुन्।
उनले पहिलो, खुलापन र पारस्परिक लाभमा आधारित सहकार्यमार्फत नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै एआई विकासलाई तीव्र बनाउनुपर्ने बताए। दोस्रो, एआईको विकास र प्रयोग सुरक्षित, भरपर्दो तथा नियन्त्रणयोग्य बनाउन जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
तेस्रो बुँदामा राष्ट्रपति सीले समावेशी विकासलाई प्रोत्साहन गर्दै विभिन्न देश र सभ्यताबीच ज्ञान, अनुभव र प्रविधिको आदानप्रदानलाई विस्तार गर्नुपर्ने उल्लेख गरे। चौथो प्रस्तावमा उनले विश्व समुदायबीच एकता र सहकार्यलाई सुदृढ गर्दै एआईसम्बन्धी विश्वव्यापी सुशासन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
राष्ट्रपति सीले कृत्रिम बौद्धिकता मानव कल्याण र साझा समृद्धिको माध्यम बन्नुपर्ने उल्लेख गर्दै यसको विकाससँगै उत्पन्न हुन सक्ने जोखिमको व्यवस्थापनका लागि सबै देशबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment