मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहकार्य गर्ने प्रतिबद्धता
काठमाडौं, जेठ २०। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै नेपालसँगको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति लामिछानेसँग भेट भएको जानकारी दिँदै साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको चाहनालाई स्वागत गरेको उल्लेख गरेका छन्। उनले उक्त उद्देश्यप्रति आफू पूर्ण रूपमा सहमत रहेको पनि बताएका छन्।
मोदीले भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदारका रूपमा लिइएको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताए। उनले नेपाल–भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउने दिशामा संयुक्त रूपमा काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।
रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल हाल भारत भ्रमणमा रहेको छ। सो क्रममा भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न भेटघाट तथा छलफलहरू भइरहेका छन्। सभापति लामिछाने तथा उनकाे टाेली पाँच दिने भारत भ्रमणमा छन् ।
अन्य लेखहरू: नेवाः टाइम्स
रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता
रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता...
भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा
भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा...
‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा
‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा...
नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण
नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण...
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह...
प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइ ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको : परराष्ट्र मन्त्रालय
प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइ ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको : परराष्ट्र मन्त्रालय...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment