२४ जेठ २०८३, आइतबार

उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने

अ+
अ-

काठमाडौं, वैशाख ३ । प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत तहबाटै परिवर्तन सुरु गर्नुपर्नेमा जोड दिँदै उनले आफू दाइजो लेनदेन भएका विवाहमा सहभागी नहुने स्पष्ट पारेकी छन् ।
विवाहका धेरै निमन्त्रणापत्र आफूलाई आएकाे तर तिनमा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश नभएको र दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख हुनु पर्ने आवश्यकता औंल्याएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय आफूले प्राप्त गरेका धेरै विवाहका निमन्त्रणापत्रमा दाइजोविरुद्ध कुनै स्पष्ट प्रतिबद्धता नदेखिएको उल्लेख गरिन्। यसले समाज अझै दाइजो जस्तो कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उनको भनाइ छ।
ठाकुरका अनुसार दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष असर पार्ने उनले बताइन्।
उनले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश राख्न आग्रह गर्दै समानतामा आधारित, सुसंस्कृत र दाइजोमुक्त विवाह अभ्यासलाई प्रोत्साहन गर्न सबैलाई आह्वान गरेकी छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा...

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै...

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५...

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा  घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने...

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड...

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्