काठमाडौं, चैत्र २३ । नेवार आन्दोलनका एक सशक्त व्यक्तित्व विष्णु चित्रकार साथीहरुसँग मुस्ताङ भ्रमणका क्रममा सोमबार निधन भएको छ । सोमबार विहान ओछ्यानमै हृदयघात भएपछि नजिकको अस्पतालमा लगिएको भएपनि अस्पतालमा मृत घोषित गरिएको थियो । यात्रा दलमा उहाँकी श्रीमति पनि सँगै थिए ।
७६ वर्षीय चित्रकार "२२ सालको आन्दोलन"देखि नेवार क्षेत्रमा सशक्त रुपमा संघर्षरत व्यक्तित्वका रुपमा चिनिन्छन् । २०२२ साल वैशाख १ गतेदेखि रेडियो नेपालबाट नेपालभाषामा समाचार प्रसारन बन्द गरेको विरुद्ध एक वर्षसम्म संचालित विरोध कार्यक्रमलाई २२ सालको आन्दोलन’ को नामबाट चर्चित छ । विभिन्न सहर तथा गाउँघरमा नेपालभाषाप्रति सरकारको रवैयाविरुद्ध साहित्यिक आन्दोलन भएको थियो । यस आन्दोलनमा अग्रपङ्ति मा रहेर काम गर्नेहरुमध्ये एक दिवंगत चित्रकार पनि हुन् ।
नेवार भाषा, जाति तथा संस्कृतिसम्बन्धि जुनै पनि गतिविधिमा सक्रिय रहने गरेका चित्रकार नेपालभाषाको व्याकरण क्षेत्रमा लेखन पनि गर्दछन् । भाषा–व्याकरण सम्बन्धी उनका कृतिहरु पनि प्रकाशित छन् ।
अन्य लेखहरू: नेवाः टाइम्स
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...
विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड
विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...
Comments (1)
Write a Comment