१६ बैशाख २०८३, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगले जेनजेड आन्दोलन सम्बन्धी प्रतिवेदन अध्यक्षलाई बुझायाे


अ+
अ-

काठमाडौं, चैत ७ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजेड आन्दोलन सम्बन्धी विस्तृत अनुसन्धान प्रतिवेदन हिजो अध्यक्ष टाेप बहादुर मगरसमक्ष पेश गरेको छ। आयोगबाट स्वीकृति प्राप्त भएपछि उक्त प्रतिवेदन सार्वजनिक गरिने आयाेगकी सदस्य लिली थापाले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।
आयाेगकी सदस्य लिली थापाका अनुसार प्रतिवेदनमा लगातार छ महिनाको गहिरो अनुसन्धानमा पाँच सय ६५ भन्दा बढी सोधपुछ, ९० भन्दा बढी बयान, ब्यालिष्टिक ballistic तथा फरेन्सिक परीक्षण, विभिन्न भिडियो तथा फुटेजहरूको सूक्ष्म विश्लेषण, विज्ञहरूसँग परामर्श, प्रभावित जिल्लाहरूको स्थलगत अनुगमन, जेन्जेड सहभागीहरू, मृतक तथा घाइते परिवारसँग प्रत्यक्ष संवाद, साथै सम्बन्धित निकायहरूको विवरण र प्रतिवेदनहरूको गहन अध्ययन समेटिएको छ।
यस प्रतिवेदनले घटनाको यथार्थ उजागर गर्दै पीडितलाई न्याय सुनिश्चित गर्ने र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन ठोस नीतिगत सुधारका स्पष्ट मार्गदर्शन प्रस्तुत गरेको छ।
आयाेगकी सदस्य लिली थापाले प्रतिवेदन तयार पार्न केही ढिलाइ भएकोमा क्षमा माग्दै यो प्रयासले न्याय, जवाफदेहिता र दीगो शान्तिका लागि महत्वपूर्ण आधार निर्माण गर्ने विश्वास लिएकाे उल्लेख गरेकी छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्