२४ जेठ २०८३, आइतबार

प्रेमदेव गिरीलाई जगदम्बा-श्री र ‘उरमाल’ लाई मदन पुरस्कार

अ+
अ-

काठमाडौं, भदाै ६ । लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई जगदम्बा-श्री सम्मान र छुदेन काविमोको औपन्यासिक कृति ‘उरमाल’ लाई मदन पुरस्कार अर्पण गर्ने निर्णय भएको छ।

मदन पुरस्कार गुठीको भदौ ६ मा बसेको बैठकले २०८१ सालको जगदम्बा-श्री सम्मान गिरीलाई र मदन पुरस्कार उरमाललाई अर्पण गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्। लोकसंस्कृति क्षेत्रमा सक्रिय गिरीलाई लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरे बापत जगदम्बा-श्री सम्मान प्रदान गर्ने निर्णय भएको हो।

पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये काविमोको उपन्यास उरमाल मदन पुरस्कारका लागि छनोट भएको प्रेस विज्ञप्तीमा जनाइएकाे छ। पुरस्कारका लागि रमेश भुसालको छालबाटो, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत श्रेष्ठ सूचीमा अटाएका थिए ।

२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरिएको हो। यो सम्मान पहिलो पटक नारायणगोपाललाई प्रदान गरिएको थियो।

नेपाली भाषामा वर्षभरि प्रकाशित पुस्तकमध्ये एउटा पुस्तकलाई मदन पुरस्कार र विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने/व्यक्ति संस्थालाई जगदम्बा-श्री सम्मान प्रदान गरिन्छ। दुवैको पुरस्कार राशि समान चार लाख रुपैयाँ छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा...

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै...

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५...

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा  घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने...

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड...

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्