१२ भदौ २०८३, शनिबार

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक


अ+
अ-

काठमाडौं, भदाै १३ ।  एसिया डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी)ले रसुवामा आएको भोटेकोशी बाढीबारे पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन तयार पारेको छ।
‘भोटेकोशी फ्ल्यास फ्लड, नेपाल : बाढीको कारण, परिणाम र आगामी बाटोबारे प्रारम्भिक स्थलगत मूल्याङ्कन प्रतिवेदन’ नाम दिइएको प्रतिवेदन नेपाल सरकार तथा विकास साझेदारहरूको सहयोगका लागि तयार पारिएको एडीपीसीले जनाएको छ।
उपलब्ध तथ्यांक, वैज्ञानिक प्रमाण तथा स्थलगत अवलोकनका आधारमा तयार पारिएको प्रतिवेदनमा बाढीको कारण र त्यसका परिणाम, विभिन्न क्षेत्रमा भएको क्षति, प्रभाव तथा मानवीय आवश्यकताको विस्तृत मूल्याङ्कन गरिएको छ।
प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रका नागरिक, समुदायका अगुवा, स्थानीय तथा सरकारी अधिकारी, उद्धार तथा प्रतिकार्यमा खटिएका निकाय र स्थानीय संस्थाका प्रतिनिधिका अनुभव तथा आवाजलाई समेत समेटिएको छ।
एडीपीसीका अनुसार प्रतिवेदनले भोटेकोशी बाढीबाट सिर्जित बहुक्षेत्रीय प्रभाव र मानवीय अवस्थाको समग्र चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ।
यसैबीच, एनडीआरसीको टोली आपत्कालीन मूल्याङ्कनका लागि प्रभावित क्षेत्रमा खटिएको जनाइएको छ। उक्त टोली आइतबारसम्म फर्किएपछि नेपाल पार्टनर्स प्लेटफर्म (एनपीपी)मार्फत प्रभावित क्षेत्रलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी र योजना साझा गरिने बताइएको छ।
प्रतिवेदनले तत्कालीन मानवीय आवश्यकतासँगै प्रभावित क्षेत्रको पुनःस्थापना तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कदम पहिचान गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्