१२ श्रावण २०८३, मंगलबार

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापनको प्रगति अनुगमन, तोकिएकै समयभित्र काम सक्न निर्देशन


अ+
अ-

काठमाडौं, साउन ११ ।दसञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठले काठमाडौंका विभिन्न स्थानमा पुगेर अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापनको कामको प्रगति अनुगमन गरेका छन्।
अनुगमनका क्रममा दुवै मन्त्रीले सम्बन्धित सेवाप्रदायक संस्थाहरूले गरिरहेको कामको स्थलगत निरीक्षण गर्दै तोकिएको समयसीमाभित्र तार व्यवस्थापनको काम सम्पन्न गर्न निर्देशन दिएका छन्। उनीहरूले थप ऊर्जा, जिम्मेवारी र दृढताका साथ काम अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्।
अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको संयुक्त आयोजनामा गत असार ३१ गते अन्तरनिकाय बैठक बसेको थियो। सोही बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न मन्त्रीद्वय काठमाडौंका विभिन्न स्थानमा पुगेका हुन्।
अनुगमनपछि सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत जलस्रोतमन्त्रीसँगको संयुक्त अनुगमनलाई हल्का व्यंग्यात्मक शैलीमा उल्लेख गर्दै लेखेका छन्, "जलस्रोत मन्त्रीसँग निस्किएकोले जलको पर्वाह पनि गर्न पाइएन आज!"
अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम...

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ...

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड...

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव...

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड...

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्