१० जेठ २०८३, आइतबार

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

अ+
अ-

काठमाडौं, जेठ ९ । नेकपा एमालेकी पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्व हस्तान्तरणको विषय उठाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गरेकी छन्।

शाक्यले ओली तीन कार्यकालसम्म पार्टी नेतृत्वमा रहिसकेको उल्लेख गर्दै अब कार्यकर्ताको भावना बुझ्ने समय आएको बताएकी छन्। उनले निर्वाचनपछि गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले कमजोर अवस्थामा पुगेको दाबी गर्दै पार्टीलाई पुनः आन्दोलनको नेतृत्वमा फर्काउन सकिने उल्लेख गरेकी छन्।

फेसबुकमार्फत उनले अहिले पनि पार्टीभित्र दम्भ, घमण्ड र गुटगत सोच कायम रहेको आरोप लगाएकी छन्। “एमाले कुनै व्यक्तिको पेवा वा गुटको कम्पनी होइन, लाखौँ कार्यकर्ताको त्याग र बलिदानबाट बनेको पार्टी हो,” भन्दै उनले नेतृत्वमा सामूहिकता, विचार र इमानदारी आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।

शाक्यले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण गर्नुपर्ने समय आएको उल्लेख गर्दै सम्मानजनक रूपमा अध्यक्ष पदबाट विदा लिन ओलीलाई सुझाव दिएकी छन्।

उनले व्यक्तिको गुणगान र चाकरीभन्दा देश र जनताको हितमा निस्वार्थ भावनाले काम गर्ने समय आएको समेत उल्लेख गरेकी छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश:  प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त...

कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु

कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु

कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने प्रवृत्तिविरुद्ध कडा चेतावनी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने प्रवृत्तिविरुद्ध कडा चेतावनी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने प्रवृत्तिविरुद्ध कडा चेतावनी...

बीबी फुँयालको 'तामाकोशी सललल' को सार्वजनिकीकरण तथा लोक गायक कुमार बस्नेतको अभिनन्दन

बीबी फुँयालको 'तामाकोशी सललल' को सार्वजनिकीकरण तथा लोक गायक कुमार बस्नेतको अभिनन्दन

  ⠿ drag काठमाडौं, जेठ १ । दोलखा जिल्लाका पर्यटकीय आकर्षणहरुलाई उजागर गर्ने......

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्