१० भदौ २०८३, बिहिबार

प्रतिनिधि सभा निर्वाचनको मतगणना सम्पन्न, समानुपातिकतर्फ ६ दलले पाए सिट


अ+
अ-

काठमाडौं, फागुन २८ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना कार्य पूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। आयोगले फागुन २८ गते सार्वजनिक गरेको जानकारीअनुसार पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक दुवै निर्वाचन प्रणालीको मतगणना सकिएसँगै सिट बाँडफाँटसमेत टुंगिएको छ।
आयोगका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। साथै विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यसमेत सम्पन्न भइसकेको जनाइएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपछि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२)अनुसार आयोगले फागुन २८ गते निर्णय गर्दै सिट बाँडफाँट गरेको हो। आयोगका अनुसार समानुपातिकतर्फ प्राप्त कुल सदर मतका आधारमा तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दललाई प्रतिनिधि सभामा सिट निर्धारण गरिएको छ।
निर्धारित सिटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेसले २० सिट, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)ले १६ सिट र नेपाली कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेका छन्। यसैगरी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट प्राप्त गरेका छन्।
मतदानसम्बन्धी तथ्यांकअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकोमा प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। तीमध्ये १ करोड ५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।
समानुपातिक प्रणालीतर्फ भने १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगको विवरणमा उल्लेख छ।
आयोगले समानुपातिकतर्फ प्राप्त सिट संख्याअनुसार सम्बन्धित राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न पत्राचारसमेत गरिएको जनाएको छ। आयोगले सो प्रक्रिया पूरा भएपछि समानुपातिकतर्फका निर्वाचित सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गरिने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्