११ भदौ २०८३, शुक्रबार

एनआरएनएको १२औँ विश्व सम्मेलनको तयारीबारे बैठक


अ+
अ-

काठमाडौं, फागुन २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन (ग्लोबल कन्फरेन्स) तथा अन्तर्राष्ट्रिय महासभा (आईजीए) को तयारीबारे उच्चस्तरीय आयोजक समितिको बैठक मंगलबार परराष्ट्र मन्त्रालयमा बसेको छ।

परराष्ट्रमन्त्री बाला नन्द शर्माको अध्यक्षतामा गठित उच्चस्तरीय आयोजक समितिको बैठकमा आगामी मार्च १४ देखि १६, २०२६ सम्म आयोजना हुने सम्मेलन र महासभाको तयारीका विभिन्न पक्षबारे छलफल भएको हो।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीहरूको ज्ञान, सीप तथा पूँजी नेपालकाे विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले एनआरएनएले विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्दै देशको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सम्मेलन तथा महासभा सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना पनि व्यक्त गरे।

बैठकमा सम्मेलन र महासभा आयोजना सम्बन्धी विभिन्न प्रक्रियागत तथा व्यवस्थापकीय विषयहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मुख्य विषयवस्तुहरूबारे समितिका सदस्यहरूबीच छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा राष्ट्रिय योजना आयोगकी सदस्य सुनीति श्रेष्ठ हाडा, परराष्ट्र सचिव अमृत बहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुरलाकोटी, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पराश्वर ढुंगाना लगायत उपस्थित थिए।

यसैगरी, गैरआवासीय नेपाली संघका अध्यक्षहरू बद्री केसी र महेश कुमार श्रेष्ठसहित अन्य सम्बन्धित अधिकारीहरू पनि बैठकमा सहभागी भएका थिए।

आगामी १४–१६ मार्चमा आयोजना हुने एनआरएनएको १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महासभामा विश्वभर रहेका गैरआवासीय नेपाली प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्