१६ बैशाख २०८३, बुधबार

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षाबारे सरकारको चासो, ५७ हजारभन्दा बढीले अनलाइन दर्ता गरे


अ+
अ-

काठमाडौं, फागुन २६ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र कल्याणका लागि आवश्यक पहल तीव्र बनाएको जनाएको छ। परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रका नेपाली नियोगहरूसँग समन्वय गर्दै अवस्थालाई नजिकबाट नियालिरहेको जानकारी दिएको छ।

मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाबारे छलफल गर्न मन्त्रालयले त्यहाँस्थित नेपाली नियोगहरू, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग भर्चुअल बैठक आयोजना गरेको छ। बैठकमा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा, सम्भावित उद्धार र आवश्यक सहायताका लागि गर्नुपर्ने समन्वय तथा सहकार्यबारे विस्तृत छलफल गरिएको जनाइएको छ।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले हालसम्म नेपाली नागरिकहरूको सुरक्षा र हितका लागि भएको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सक्रियताका साथ सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले परिस्थितिलाई मध्यनजर गर्दै नेपाली समुदाय र सम्बन्धित निकायहरूबीच निरन्तर समन्वय आवश्यक रहेको उल्लेख गरेका छन्।
मन्त्रालयका अनुसार पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू नियमित रूपमा खुला छन्। राहदानी लगायत अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीहरूले नियोगहरूले उपलब्ध गराएका फोन नम्बर वा इमेलमार्फत समय मिलाएर सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी सम्बन्धित मुलुकका निकायहरूले सुरक्षा सावधानीका उपाय र सचेतनामूलक जानकारी नियमित रूपमा अद्यावधिक गरिरहेका छन्। परराष्ट्र मन्त्रालयले स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गर्ने सूचना र सावधानीका उपायहरूबारे निरन्तर जानकारीमा रहन त्यहाँ रहेका नेपाली नागरिकहरूलाई आग्रह गरेको छ। साथै कानून विपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड गर्ने वा आदान–प्रदान गर्ने कार्य नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ठूलो संख्यामा नेपालीहरूले विवरण दर्ता गराएका छन्। मन्त्रालयका अनुसार मंगलबार साँझसम्म ५७ हजार १०० जना नेपाली नागरिकले उक्त प्रणालीमार्फत आफ्नो विवरण दर्ता गरिसकेका छन्। प्राप्त विवरणहरूको अध्ययन गर्दै आवश्यकता अनुसार थप कदम चालिने मन्त्रालयले जनाएको छ।

त्यस क्षेत्रमा केही स्थानबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेका मन्त्रालयले जनाएको छ। नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा समेत सम्बन्धित निकायहरूसँग छलफल भइरहेको बताइएको छ। इच्छुक नेपाली नागरिकहरूले हाल सञ्चालनमा रहेका स्थानहरूबाट हवाई यात्रा गरी नेपाल फर्कन सक्ने व्यवस्था रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
त्यसैगरी अत्यावश्यक कारणले साउदी अरब हुँदै नेपाल फर्कन चाहने नेपालीहरूले आफ्नो राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि तथा यात्रा योजनासहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगमा पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ।

कुनै समस्या आइपरेमा परराष्ट्र मन्त्रालयको इमरजेन्सी कन्ट्रोल रूमका टेलिफोन नम्बर वा इमेल तथा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क माध्यममार्फत तुरुन्त सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्