१ श्रावण २०८३, शुक्रबार

यूएईका राष्ट्रपतिसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता: नेपाली समुदायको सुरक्षाबारे चासो


अ+
अ-

काठमाडौं, फागुन २३ । प्रधानमन्त्री सुशीला कर्कीले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानसँग टेलिफोन संवाद गरेकी छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कर्की र यूएईका राष्ट्रपतिबीच शनिबार दिउँसो भएको उक्त संवादमा मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको परिस्थितिबारे विचार आदान–प्रदान गर्नुका साथै यूएईमा बसोबास गर्ने सबै बासिन्दाको सुरक्षा र सुरक्षाको अवस्थाबारे छलफल भएको हाे।
संवादका क्रममा दुवै नेताले संयमता अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै अहिलेको परिस्थिति छिट्टै सामान्य हुने आशा व्यक्त गरेका थिए।
प्रधानमन्त्री कर्कीले यूएई सरकारले त्यहाँ रहेका सबै बासिन्दा, विशेषगरी नेपाली समुदायको सुरक्षा र हित सुनिश्चित गर्न अपनाएका कदमप्रति प्रशंसा व्यक्त गरेकी थिइन्।
यूएईका राष्ट्रपति अल नह्यानले कठिन परिस्थितिमा नेपालले देखाएको ऐक्यबद्धताका लागि प्रधानमन्त्री कर्कीलाई धन्यवाद दिएका थिए। साथै उनले मार्च १, २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा कर्तव्य निर्वाहका क्रममा एक नेपाली नागरिकको निधन भएको घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।
राष्ट्रपति अल नह्यानले नेपाली नागरिकहरूको इमान्दारिता, निष्ठा र समर्पणको प्रशंसा समेत गरेका बताइएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्