१ श्रावण २०८३, शुक्रबार

बालेन्द्र शाहलाई केपी शर्मा ओलीकाे बधाई

अ+
अ-

काठमाडौं, फागुन २३ । केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा ५ बाट विजयी भएका बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
झापा–५ बाट पराजित भएका ओलीले शनिबार फेसबुकमा एक पुरानो तस्बिर राख्दै विजेता शाहलाई शुभकामना दिएका हुन्। उनले २०७९ साल असार महिनामा आफ्नै निवास बालकोटमा शाहलाई भेट्दा तबला उपहार दिएको तस्बिर साझा गर्दै निर्वाचन जितेकोमा बधाई तथा सफल कार्यकालको कामना दिएका छन्।
फेसबुकमा सार्वजनिक गरिएको उक्त तस्बिरमा ओलीले शाहलाई तबला हस्तान्तरण गरिरहेको दृश्य देखिन्छ। उक्त भेटघाट त्यतिबेला भएको थियो, जतिबेला शाह काठमाडौं महानगरपालिकाको मेयरका रूपमा निर्वाचित भएपछि विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वसँग भेटघाट गरिरहेका थिए।
ओलीले आफ्नो पोस्टमा लेखेका छन्, "बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई!", "तपाईंको पॉचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना!"

२१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट शाह विजयी भएका छन् भने लामो समयदेखि सो क्षेत्रमा प्रभाव राख्दै आएका ओली पराजित भएका हुन्। शाहको जितलाई नयाँ पुस्ताको राजनीतिक उदयका रूपमा समेत विश्लेषण गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्