काठमाडौं, फागुन १९ । संयुक्त अरब इमिरेट्स (यूएई) मा समस्यामा परेका नेपाली नागरिकको विवरण संकलन गर्न तथा आवश्यक समन्वयका लागि अबुधाबीस्थित नेपाली राजदूतावासले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
राजदूतावासले सोमबार जारी गरेको सूचनाअनुसार मध्यपूर्व क्षेत्रको विकसित परिस्थितिका कारण विभिन्न कारणले यूएईमा अलपत्र (स्ट्रान्डेड) परेका, नेपाल फर्कनुपर्ने अवस्थामा रहेका तथा भिसा रद्द (भिसा क्यान्सिलेसन) गरी स्वदेश फर्कन टिकट नपाई असहज परिस्थितिमा रहेका नेपाली नागरिकले उक्त पोर्टलमार्फत आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन्।
सूचनामा भनिएको छ, “पहिलो चरणमा विभिन्न मुलुकबाट नेपाल फर्कने क्रममा यूएईमा अलपत्र परेका र भिसा रद्द गरी टिकट नपाउँदा समस्या भोगिरहेका नेपाली नागरिकले आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरिन्छ।”
यसैगरी, फेब्रुअरी २८ पछि ओभरस्टे भएका हकमा जरिवाना (फाइन) नलाग्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै दूतावासले यस सम्बन्धमा संयमता अपनाउन पनि आग्रह गरेको छ।
अन्य विषयमा थप सूचना पछि प्रकाशन गरिने दूतावासले जनाएको छ।
सम्बन्धित नेपाली नागरिकले https://legal.nepalconsular.gov.np/urgent-rescue लिंकमार्फत आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
अन्य लेखहरू: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment