१२ असोज २०८३, सोमबार

मतदाताले विवेकको निर्णय लिन मौन अवधि महत्त्वपूर्ण : निर्वाचन आयुक्त तुलाधर


अ
अ+
अ-

काठमाडौं, फागुन १८ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि (मौन अवधि) आज राति १२ बजेदेखि सुरु हुँदैछ। मतदानको ४८ घण्टा अगाडिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्मको यस अवधिलाई मतदाताले विवेकपूर्ण निर्णय लिनका लागि महत्त्वपूर्ण समय भएको निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले बताएकी छन्।

निर्वाचन आयोगले तोकेको यस मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहितामा व्यवस्था गरिएको छ। यस अवधिमा कुनै पनि प्रकारको सार्वजनिक प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार तथा मत माग्ने कार्य गर्न निषेध गरिएको छ।

निर्वाचन प्रचारप्रसारको क्रममा मतदाताले दल तथा उम्मेदवारहरूबाट विभिन्न आश्वासन र केही अवस्थामा दबाब समेत सहनु परिरहेको हुन्छ। मतदातालाई यी सबै कुराबाट मुक्त भई स्वच्छ रूपमा निर्णय लिने अवसर प्रदान गर्न मौन अवधि अनिवार्य रहेको आयुक्त तुलाधरले बताइन्।

"दल तथा उम्मेदवारको दबाब, भिडको चिच्याहट र सामाजिक सञ्जालको प्रदूषणबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको लागि मौन अवधि अनिवार्य हुन्छ," उनले भनिन्।

लोकतान्त्रिक संस्कारको आधार मतदाताको स्वतन्त्र सोचको सम्मान रहेको र त्यसको रक्षा मौन अवधिमार्फत हुने उनको भनाइ छ। मतदाताले निर्वाचनमा भाग लिएका सबै दल एवं उम्मेदवारको कुरा सुनिसकेपछि मनन गरी उपयुक्त व्यक्तिलाई मतदान गर्न तयार हुने समयको रूपमा पनि यस अवधिलाई लिइएको छ।

निर्वाचन आयोगले यस अवधिमा आचारसंहिता उल्लंघन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ। फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्