१६ बैशाख २०८३, बुधबार

इरान संकटबारे नेपालको आधिकारिक प्रतिक्रिया सार्वजनिक


अ+
अ-

काठमाडौं, फागुन १७ । मध्यपूर्वमा उत्पन्न भएको नयाँ परिस्थितिबारे नेपाल सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै इरानमा भएको हवाई आक्रमणपछि सिर्जित तनावपूर्ण अवस्थाप्रति संवेदनशीलता देखाएको हो।

सिंहदरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, "मध्यपूर्वको बदलिँदो परिस्थितिप्रति नेपाल गम्भीर चिन्तित छ र त्यहाँको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।"

नेपालले सम्बन्धित सबै पक्षहरूबाट अत्यधिक संयमता अपनाउन, तनाव थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, "नेपाल कूटनीति र वार्तामार्फत मतभेदहरू समाधान गर्न आह्वान गर्दछ।"

साथै, नेपालले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनबमोजिम सबै राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ। "नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा कायम राख्ने दायित्वको पालना हुनुपर्छ भन्ने नेपालको धारणा छ," विज्ञप्तिमा उल्लेख छ।

उल्लेखनीय छ, गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमा गरेको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनइको निधन भएको थियो, जसपछि मध्यपूर्वको शक्ति सन्तुलन र सुरक्षा परिस्थितिमा ठूलो परिवर्तन आउन सक्ने आकलन गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्