१६ बैशाख २०८३, बुधबार

नेपाली नागरिकलाई इजरायल र इरान नजान आग्रह, उच्च सतर्कता अपनाउन निर्देशन


अ+
अ-

काठमाडाैं, १६ फागुन । मध्यपूर्वको बढ्दो तनावपूर्ण अवस्थाप्रति संवेदनशीलता देखाउँदै नेपाल सरकार, परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै उक्त क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई पूर्ण सतर्कता अपनाउन र कडा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनाअनुसार इजरायल र इरानमा रहेका नेपालीहरूले ती देशका स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशनहरूको कडाइका साथ पालना गर्नुपर्नेछ। यसका साथै नेपाली नागरिकहरूलाई सम्भव भएसम्म घरभित्रै बस्न, उच्च सतर्कता अपनाउन र आ-आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरिएको छ।

मन्त्रालयले दुवै देशका स्थानीय अधिकारीहरूको अनुमति बिना कतै आवतजावत नगर्न पनि कडा निर्देशन दिएको छ। यसैगरी, इजरायल वा इरान जाने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नभएसम्म आफ्नो यात्रा स्थगित गर्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

मध्यपूर्वका अन्य मुलुकहरूमा रहेर काम गरिरहेका नेपाली नागरिकहरूलाई पनि स्थानीय अवस्थाबारे नियमित जानकारी लिइरहन र सम्बन्धित मुलुकका सुरक्षा निकायले जारी गरेका निर्देशनहरूको पालना गर्न मन्त्रालयले सल्लाह दिएको छ।

आकस्मिक सम्पर्कका लागि परराष्ट्र मन्त्रालय काठमाडौं, तेल अवीवस्थित नेपाली दूतावास र दोहास्थित नेपाली दूतावासले फोन र इमेल मार्फत २४ सै घण्टा सेवा उपलब्ध गराइरहेको जनाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्