काठमाडौं, भदौ २९ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री शाहले छलफल थालेका हुन्।
छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्थाको समीक्षा, पछिल्लो परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका विषयमा केन्द्रित भएर छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था, पुनर्स्थापना तथा आगामी दिनमा आवश्यक पर्ने सरकारी सहयोगबारे स्थानीय तहका जनप्रतिनिधिबाट जानकारी लिने र त्यसका आधारमा थप कदम अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...
विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड
विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...
विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड
विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment