धनुषा, भदौ २९ । धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाउँ विकास समिति क्षेत्रका ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। लालपुर्जा पाएपछि वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी कागजातको प्रतीक्षामा रहेका परिवारलाई आफ्नो जग्गाको कानुनी स्वामित्व स्थापित गर्न सहज भएको छ।
यसअघि धनुषाका विभिन्न क्षेत्रमा ३ हजार ६०१ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो। बाँकी रहेका परिवारको हकमा पनि आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने काम अघि बढाइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
लामो समयदेखि नापजाँच भएर पनि लालपुर्जा पाउन नसकेका परिवारलाई पुर्जा वितरण भएपछि जग्गाको स्वामित्व हस्तान्तरण, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेलगायतका काममा समेत सहज हुने अपेक्षा गरिएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह
जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...
रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक
रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक...
बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत
बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत...
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...
रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला
रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment