१४ भदौ २०८३, सोमबार

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै


अ+
अ-

काठमाडौं, भदाै १५ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम बाढी अवलोकन प्रणाली जडान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा सीसी क्यामेरा जडान कार्य सम्पन्न भएको हो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार २०८३ भदौ १५ गते टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको हो।
हाल उक्त प्रणाली सञ्चालनमा ल्याउन भीस्याट (VSAT) जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको र सम्भवतः आज रातिदेखि नै प्रणाली सञ्चालनमा आउने मन्त्री श्रेष्ठले बताएका छन्।
जडान गरिएको सीसी क्यामेरामार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदी तथा बाढीको अवस्था रियल–टाइममा दृश्यरूपमा अवलोकन तथा निगरानी गर्न सकिनेछ।
क्यामेराबाट प्राप्त सूचना तथा दृश्यलाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबीसै घण्टा निगरानी गरिने जनाइएको छ।
विशेषगरी नेपाल–चीन सीमावर्ती क्षेत्रमा नदीको अवस्था, बाढीको सम्भावित जोखिम तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचान गर्न यस प्रणालीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
यसबाट नदीको बहाव तथा बाढीको अवस्थाबारे समयमै जानकारी प्राप्त हुने र सम्भावित जोखिमबारे पूर्वसूचना प्रवाह तथा जोखिम न्यूनीकरणका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सीमावर्ती तथा नदी आसपासका क्षेत्रमा वास्तविक समयमै नदीको अवस्था निगरानी गर्ने प्रणालीको आवश्यकता थप उजागर भएको थियो। नयाँ निगरानी प्रणाली सञ्चालनमा आएपछि टिमुरे–रसुवागढी क्षेत्रको बाढी जोखिमबारे नियमित सूचना संकलन तथा निगरानीमा थप सहजता हुने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्