३१ असोज २०८३, शनिबार

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन


अ
अ+
अ-

काठमाडौं, भदाै १४ । चीनले नेपालमा जारी विपद् उद्धार तथा राहत कार्यका लागि ५० टन आपत्कालीन सामग्री पठाएको छ। चिनियाँ जनमुक्ति सेना (पीएलए) को वायुसेनाका दुई वटा वाई–२० ठूला ढुवानी विमानमार्फत उक्त राहत सामग्री आइतबार बिहान काठमाडौं आइपुगेको हो।
चिनियाँ दूतावासका अनुसार स्थानीय समयअनुसार अगस्ट ३० बिहान करिब ७ बजे दुई वटा वाई–२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विज्ञसहित उद्धार उपकरण समेत ल्याइएको छ।
राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन तथा संघीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी भएका थिए। उनीहरूले नेपाल आएका चिनियाँ उद्धार विज्ञलाई स्वागत गरेका थिए।
चिनियाँ दूतावासका अनुसार ती विमान चीनको छेङ्दु शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए र करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्।
दुवै विमानमा १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ। त्यसमा टेन्ट, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचारका सामग्री रहेका छन्। सामग्रीको कुल तौल ५० टन रहेको दूतावासले जनाएको छ।
यसैबीच, थप चार जना चिनियाँ सुरुङ उद्धार विज्ञ पनि आइतबार बिहान नेपाल आइपुगेका छन्। उनीहरू नेपालमा जारी उद्धार अभियानमा सहभागी भइसकेका छन्।
चीनले नेपालमा विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन आपत्कालीन राहत सामग्री तथा प्राविधिक जनशक्ति पठाएको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्