९ भदौ २०८३, बुधबार

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ


अ+
अ-

काठमाडौं, भदाै १० । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाइएको बताएका छन्।
बुधबार फेसबुकमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको जानकारी प्राप्त भएको बताए। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
बाढीको खबर प्राप्त भएलगत्तै सरकारले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेको प्रधानमन्त्री शाहले बताए। उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, त्यसपछि राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहतलाई तीव्र बनाउने निर्णय गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको उनले बताए। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले अहिले बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताए।
घाइतेको सहज तथा निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको उनले जानकारी दिए। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताए।
प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरिएको तथा राष्ट्रिय ट्रमा सेन्टर र विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाइएको प्रधानमन्त्री शाहले बताए। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिए।
आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायतसँग निरन्तर समन्वय भइरहेको उनले बताए।
बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरी स्थानीय तहमा आवश्यक सहयोग पुर्‍याउने काम भइरहेको र घाइतेहरूको थप विवरण संकलन जारी रहेको प्रधानमन्त्री शाहले बताए। उनका अनुसार रातभर पनि उद्धार कार्य जारी रहनेछ।
उनले नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएको उल्लेख गरेका छन्।
ती क्षेत्रमा प्रभावित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने प्रधानमन्त्री शाहले बताए। बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका आयोजनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकलाई राज्य आफ्ना सम्पूर्ण साधनस्रोतसहित साथमा रहेको बताउँदै धैर्य गर्न आग्रह गरेका छन्। उनले प्रभावित नागरिकको उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
विपद्को यो कठिन घडीमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न पनि प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत...

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी:   बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन...

रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन

रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन

रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्