३० भदौ २०८३, बुधबार

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ


अ+
अ-

बुटवल, साउन २६ । जापान पठाइदिने भन्दै एक सय१५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनी गेट्सबाई इन्टरनेशनल प्रा. लि. का सीईओ हुन्।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई नेपाल प्रहरीले २०८३ साउन २५ गते बुटवलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुढाथोकीले गेट्सबाई इन्टरनेशनल प्रा. लि. नामक कन्सल्टेन्सी सञ्चालन गरी ११५ जनालाई जापान पठाइदिने प्रलोभन देखाएका थिए। त्यस क्रममा उनीहरूबाट विभिन्न चरणमा गरी कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ।
जापान पठाउने आश्वासन दिएर रकम लिए पनि तोकिएको प्रक्रिया पूरा नगरेको तथा रकमसमेत फिर्ता नगरेको भन्दै पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बुढाथोकीलाई वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्ति तथा संस्थाले आकर्षक प्रलोभन देखाएर रकम असुल्ने क्रम बढिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। विदेश जानुअघि सम्बन्धित व्यक्ति वा संस्थाको वैधानिकता, श्रम स्वीकृति तथा वैदेशिक रोजगारसम्बन्धी अनुमति र प्रक्रिया यकिन गर्न प्रहरीले आग्रह गरेको छ।
यस घटनामा अन्य व्यक्ति वा संस्थाको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र...

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्