३१ असोज २०८३, शनिबार

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास


अ
अ+
अ-

काठमाडौं, साउन २५ । लामो समयदेखि प्रतीक्षामा रहेको पर्यटन विधेयकमाथि सम्बन्धित संसदीय समितिमा औपचारिक छलफल सुरु भएको छ।
समितिकी सभापति सुम्निमा उदासले पर्यटन क्षेत्रलाई प्रवर्द्धन र सहजीकरण गर्ने कानुन आवश्यक भए पनि विधेयकको हालको मस्यौदा नियमनतर्फ बढी केन्द्रित देखिएको बताएकी छन्।
विधेयकमाथिको छलफल सुरु भएपछि सभापति उदासले पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र भएको बताउँदै यसले रोजगारी सिर्जना, लगानी आकर्षण, स्थानीय समुदायको जीवनस्तर उकास्न तथा समग्र विकासलाई गति दिन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।
उनले भनिन्, “पर्यटनलाई प्रवर्द्धन र सहजीकरण गर्ने कानुन आवश्यक हुँदाहुँदै पनि हालको मस्यौदा भने नियमनतर्फ बढी केन्द्रित देखिन्छ।”
विधेयकबारे पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाबाट विभिन्न महत्वपूर्ण सुझाव प्राप्त भएको उनले बताइन्। सरोकारवालाका सुझावलाई समेट्दै विधेयकलाई थप प्रभावकारी र व्यावहारिक बनाउनुपर्नेमा उनले जोड दिइन्।
सभापति उदासले पर्यटन विधेयकले पर्यटक, स्थानीय समुदाय र व्यवसायलाई केन्द्रमा राख्नुपर्ने बताइन्।
“सबै सरोकारवालासँग खुला र रचनात्मक संवादमार्फत व्यावहारिक, प्रगतिशील र दूरदर्शी कानुन निर्माण गर्नुपर्छ,” उनले भनिन्।
उनका अनुसार यस्तो कानुनले नेपालको पर्यटन क्षेत्रको वास्तविक सम्भावना उपयोग गर्न तथा रोजगारी, लगानी र स्थानीय विकासमा पर्यटनको योगदान बढाउन महत्वपूर्ण आधार तयार गर्नेछ।
समितिले विधेयकमाथि सरोकारवालासँग थप छलफल गरी प्राप्त सुझावका आधारमा विधेयकलाई अघि बढाउने तयारी गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्