२७ श्रावण २०८३, बुधबार

मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस


अ+
अ-

काठमाडौं, साउन १८ । नेपालका विभिन्न प्रदेश र विविध समुदायका ३० जना बालबालिका तथा किशोरकिशोरीले बालबालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रिस्तरीय सम्मेलन (मनिला–२०२६) मा नेपालको सहभागिताका लागि सिफारिस तयार पारेका छन्।
सिविन नेपालले टेरे डेस होम्स नेदरल्यान्ड्स इन एसियाको सहयोगमा आयोजना गरेको दुईदिने परामर्श कार्यक्रममा सहभागी बालबालिकाले मानसिक स्वास्थ्य, विद्यालयमा हुने दुर्व्यवहार (बुलिङ), यौन हिंसा, बालश्रम, अनलाइन सुरक्षा तथा बाल संरक्षणका अन्य विषयमा समूहगत छलफल गरेका थिए। छलफलका क्रममा उनीहरूले आफ्ना अनुभव साझा गर्दै सामूहिक सिफारिस तयार पारेका थिए।
कार्यक्रमको समापनका अवसरमा उक्त सिफारिस राष्ट्रिय बाल अधिकार परिषद् र राष्ट्रिय मानव अधिकार आयोगलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा ‘बोगोटा प्रतिबद्धता’ को महत्व तथा प्रत्येक बालबालिकाका लागि सुरक्षित र हिंसामुक्त संसार निर्माण गर्न अर्थपूर्ण बाल सहभागिताको आवश्यकतामा जोड दिइएको थियो।
सिविन नेपालका अनुसार मनिलामा सन् २०२६ मा आयोजना हुने बालबालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रिस्तरीय सम्मेलनका लागि नेपालको तयारीका क्रममा बालबालिकाको आवाज र सिफारिस समेट्ने उद्देश्यले उक्त परामर्श कार्यक्रम आयोजना गरिएको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता...

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह...

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता...

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्