मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा त्यति होसमा थिएन तर बिन्दास थिएँ । बाटोमा देख्न पुग्छु, एक हूल हातमा लठ्ठी र ढुंगाहरु बोक्दै एकातर्फ दौडिरहेका । उनीहरु के के हो, बोलिरहेका भनौं वा गाली गरिरहेका थिए, केही बुझ्दिनँ ।
एक क्षणपछि देख्छु, अघि दौडेर गएको हुललाई उल्टो दिशाबाट अर्को हूलले लखेट्दा भागेर आएछ । भागदौड चल्छ । मारपीत सुरु हुन्छ । कसले कसलाई पिटेको हो - कसलाई कसले पिटेको हो ठम्याउन सक्ने अवस्थामा थिएनँ । एक क्षणपछि आगजनी पनि सुरु हुन्छ । अरुहरुजस्तै म पनि अलि पर सडक किनारमा उभिएर यी सबै दृष्य हेरिरहेको थिएँ । यति कन्फ्युज्ड हुन्छु कि, स्कूलमा समस्या समाधान गर्न नसकेको म्याथ विषयको पाठजस्तै हुन्छ ।
सडक किनारमा पहेँलो चीवर लगाएर हिडिरहेका एक जना भिक्षु देख्छ पुग्छु । उही भिक्षुसँग सोध्छु, ‘भन्ते, यिनीहरु को हुन् ? के गरिरहेका हुन् ?’
भिक्षुले जवाफ दिए, ‘यिनीहरु होसमा छैनन्, के गरिरहेका हौं भनेर यिनीहरु आफैलाई पनि थाहा छैन ।आफ्नो नोक्सान आफैले गरिरहेका छन् ।’
होसमा त म पनि थिएनँ नि ।
होसमा नभएको म, होसमा भएकाहरुसँग किन बसिरहने ? सडक किनार छाडेर म पनि त्यही सडकमा पुगें र होसमा नभएकाहरुसँग मिसिएँ ।
(AI images)
अन्य लेखहरू: बसन्त महर्जन
मोहनी नखःको नःलास्वां
जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन ।...
नेवार, नेपाल र नेपालमण्डल
‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कत...
नेवार र मल्लकाल
नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण ने...
बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार
कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, ए...
नेवारसँग किन धेरै संस्कृति ?
नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन ...
नेवार र नेपालभाषा
जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै......
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment