काठमाडौं, असार १२ । देशका विभिन्न तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको छ। शुक्रबार दिउँसो ३:१० बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी तापक्रम बाँकेको खजुरामा ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका तराई क्षेत्रमा पछिल्ला दिनमा तापक्रम उल्लेखनीय रूपमा बढेको छ। उच्च तापक्रमका कारण जनजीवन प्रभावित हुन थालेको विभागले जनाएको छ।
महाशाखाले अत्यधिक गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्याप्रति सचेत रहन आग्रह गर्दै अनावश्यक रूपमा दिउँसोको समयमा घाममा ननिस्कन, प्रशस्त पानी तथा झोलयुक्त पदार्थ सेवन गर्न, हल्का कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न अनुरोध गरेको छ।
विभागले आगामी केही दिन पनि तराईका विभिन्न क्षेत्रमा गर्मीको प्रभाव कायम रहने सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment