८ भदौ २०८३, मंगलबार

विपद व्यवस्थापनमा धेरै काम गर्नु पर्नेछ: डा. विशाल भण्डारी


अ+
अ-

काठमाडौं, असार ११ । नव नियुक्त रेडक्रस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा प्रकाेप पूर्वतयारी सञ्जाल- डिपीनेटकाे कार्यसमितिका पदाधिकारीबीच आसन्न मनसुन तथा सम्भावित विपदका सम्बन्धमा आज छलफल भएकाे छ ।

छलफलमा रेडक्रसका नवनियुक्त सभापति डा. विशाल भण्डारीले रेडक्रसलाई रिस्ट्रक्चरिङ गर्नु पर्ने अवस्था रहेकाे र अर्कोतिर विपद अघिल्लो वर्ष भन्दा चुनाैतिपूर्ण भएकाे उल्लख गरे । जल तथा माैसम विज्ञान विभागकाे याे वर्ष अधिक वर्षा र खडेरीकाे पूर्वानुमानले गर्दा विपदकाे क्षेत्रमा धेरै काम गर्नु पर्ने अवस्था रहेकाे सभापति भण्डारीले बताए । सभापतिका अनुसार विपदकाे पूर्वतयारीका रूपमा जनचेतना फैलाउने, पूर्वतयारी गर्ने जस्ता काम गरिनु पर्छ । "याे अवस्थामा कस्तो रणनीति लिएर अगाडि बढ्ने भनेर हामी छलफलकाे क्रममा छाैं, एक खाले याेजना बनिसकेको छ" सभापति भण्डारीले भने ।

सभापति भण्डारीले हामीसँग विपद व्यवस्थापनको धेरै अनुभव पनि रहेकाे तर प्रविधि नभएको उल्लेख गर्दै डिपिनेटका सदस्य, पदाधिकारी तथा प्राविधिक सल्लाहकारहरूसँग भएकाे ज्ञान विपद जाेखिम न्यूनीकरणमा संयुक्तरूपमा प्रयोग गर्न सकिने बताए ।
छलफलमा डिपीनेटका अध्यक्ष वसन्त राज अधिकारीले डिपीनेटले स्थापनाकालदेखि नै रेडक्रससँग सहकार्य गर्दै आएकाे र आगामी दिनमा पनि गरिने उल्लेख गर्दै विपदसम्बन्धी अध्ययन अनुसन्धानका कार्यलाई पनि अघि बढाउनु पर्ने बताएका थिए ।

छलफलका क्रममा रेडक्रसका महामन्त्री ऋषिराम खनालले विपद पूर्वतयारी सम्बन्धि जनचेतनाका सामग्री स्थानीय एफएमबाट प्रशारण गर्दा प्रभावकारी हुन सक्ने बताए ।

कार्यक्रममा डिपीनेटका निवर्तमान अध्यक्ष डा. राजु थापा, पूर्व अध्यक्ष तथा प्राविधिक सल्लाहकार डा. मीन पाैडेल, सल्लाहकार जीतराम लामा, बाेर्ड सदस्य श्यामबहादुर कट्टेल लगायतका वक्ताले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा...

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्