८ भदौ २०८३, मंगलबार

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह


अ+
अ-

काठमाडौं, जेठ २८ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका दुई सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले बुधबार जारी गरेको सूचनाअनुसार नेपाल सरकारबाट २०८० माघ ११ गते समस्याग्रस्त घोषणा गरिएको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड का १२ जना तथा २०८० माघ २६ गते समस्याग्रस्त घोषणा गरिएको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का १२० जना ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो।
समितिका अनुसार उपलब्ध ऋणी विवरणका आधारमा २०८३ जेठ २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको हो।
सूचनामा नामावलीमा परेका तर यसअघि नै ऋण चुक्ता गरिसकेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ। त्यसैगरी ऋण बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र ऋण भुक्तानी गर्न पनि समितिले अनुरोध गरेको छ।
समितिले ऋण नतिरी बसेका ऋणीहरूविरुद्ध कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ। साथै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायहरूलाई समेत जानकारी गराइने सूचनामा उल्लेख छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बबरमहल, काठमाडौंमा रहेको छ। समितिले सहकारी क्षेत्रको वित्तीय अनुशासन कायम गर्न तथा बचतकर्ताको हित संरक्षण गर्न ऋण असुली प्रक्रियालाई तीव्र बनाएको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा...

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्