७ भदौ २०८३, सोमबार

सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्‍यो, हडताल गर्न नपाइने


अ+
अ-

काठमाडौं, जेठ २६ । सरकारले देशभर सञ्चालन भइरहेका विभिन्न २५ प्रकारका सेवालाई अत्यावश्यक सेवा घोषणा गर्दै ती क्षेत्रमा हडताल गर्न प्रतिबन्ध लगाएको छ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्णय गरेको हो।
राजपत्रमा प्रकाशित सूचनाअनुसार अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरिएको छ। यसअन्तर्गत डाक, तार तथा टेलिफोन सेवा, जल, स्थल तथा हवाईमार्गबाट हुने यात्रु तथा मालसामान ओसारपसार सेवा, हवाई जहाजको सञ्चालन, मर्मत तथा व्यवस्थापनसम्बन्धी सेवा, सरकारी गोदाम तथा रेल्वे स्टेशनमा मालसामान व्यवस्थापनसम्बन्धी सेवा समावेश छन्।
त्यसैगरी मुद्रण तथा सरकारी छापाखाना सेवा, हातहतियार तथा सैन्य सामग्री उत्पादन, भण्डारण र वितरणसम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा सेवा, खानेपानी सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटल, रेष्टुराँ तथा रिसोर्टसम्बन्धी सेवा पनि अत्यावश्यक सेवाको सूचीमा राखिएका छन्।
सरकारले पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सेवा, एम्बुलेन्स सेवा, औषधि उत्पादन तथा बिक्री वितरण सेवा, फोहोरमैला सङ्कलन तथा व्यवस्थापन सेवा, बैंकिङ सेवा, बिमा सेवा र विद्युत् सेवालाई समेत अत्यावश्यक सेवा घोषणा गरेको छ।
यस्तै, दैनिक उपभाेग्य वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, माैसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा, मास्कसम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजर सम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवालाई अत्यावश्यक सेवा घाेषणा गरिएको छ ।
सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत जारी गरेको यो आदेशसँगै सूचीकृत सेवामा आबद्ध निकाय तथा कर्मचारीहरूले हडताल वा सेवा अवरुद्ध गर्ने गतिविधि गर्न नपाउने व्यवस्था लागू भएको छ।
सरकारका अनुसार नागरिकको दैनिक जीवन, सार्वजनिक सुरक्षा, स्वास्थ्य, सञ्चार, यातायात तथा आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यी सेवाहरूलाई अत्यावश्यक सेवाका रूपमा कायम गरेर हड्ताल गर्न निषेध गरिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्