मन्त्रिपरिषद्काे चार निर्णय, कार्यविभाजन नियमावलीदेखि भूमि सम्बन्धी संशोधनसम्म स्वीकृत
काठमाडौं, वैशाख ३० । सरकारले कार्यविभाजन नियमावलीदेखि भूमि सम्बन्धी संशोधनसम्मका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त नियमावलीमार्फत मन्त्रालय तथा निकायहरूको कार्यक्षेत्र र जिम्मेवारीलाई थप व्यवस्थित बनाइने जनाइएको छ ।
बैठकले विद्युतीय सुशासनलाई प्रभावकारी बनाउन ‘विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९’ मा आवश्यक संशोधन गर्ने निर्णय पनि गरेको छ । सरकारले डिजिटल प्रणालीमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले संशोधन अघि बढाएको बताइएको छ ।
यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गरिएको छ । खड्का बागलुङ तथा गौचन मुस्ताङबाट निर्वाचित सांसद हुन् ।
मन्त्रिपरिषद्ले भूमि सम्बन्धी (एकाइसौँ संशोधन) नियमहरू, २०८३ लाई पनि स्वीकृति प्रदान गरेको छ । सरकारले भूमि प्रशासन तथा व्यवस्थापनलाई समयानुकूल बनाउन संशोधित नियम लागू गर्ने तयारी गरेको जनाएको छ ।
अन्य लेखहरू: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment