काठमाडौँ, वैशाख २२ । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा पानीको बहाव बढ्दा पाँच वटा विद्युतीय गाडी हाईस फसेका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार रोशी गाउँपालिका–७ घुमाउने क्षेत्रमा उक्त घटना भएको हो। घटनापछि तत्काल उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षकको नेतृत्वमा २५ जना, सशस्त्र प्रहरी बलका २५ जना तथा नेपाली सेनाको सेनानीको कमाण्डमा १८ जनाको टोली उद्धार सामग्रीसहित खटिएको प्राधिकरणले जनाएको छ।
हालसम्म करिब ६० देखि ६५ जना यात्रु तथा सवारी साधन सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। खोलामा पानीको बहाव क्रमशः घट्दै गएको जनाइएको छ।
प्राधिकरणका अनुसार प्रहरीको रोक्दारोक्दै जबर्जस्ती सवारी सञ्चालन गरिएकै कारण यस्तो अवस्था सिर्जना भएको हो।
उद्धार कार्य जारी रहेको र सम्बन्धित सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको प्राधिकरणले जनाएको छ
अन्य लेखहरू: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment