काठमाडौं, वैशाख ७। परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजिटल तथा नवप्रवर्तनमैत्री बनाउन निर्देशन दिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल ले सरकारले अघि सारेको सुशासन र आर्थिक समृद्धिका लक्ष्य हासिल गर्न नियोगहरूले आफ्नो कामलाई नतिजामुखी बनाउनु पर्नेमा जोड दिए। उनले विशेषगरी सेवा प्रवाह सुधार, नवप्रवर्तनको प्रयोग र डिजिटलीकरणमार्फत सेवामा पहुँच र प्रभावकारिता बढाउन आग्रह गरे।
कार्यक्रममा परराष्ट्र सचिव अमृत बहादुर राई ले प्रविधिमा आधारित सेवा प्रवाह र प्रभावकारी आर्थिक कूटनीतिलाई सरकारको प्राथमिकतासँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे।
अन्तरक्रियामा सहभागी विभिन्न देशस्थित राजदूत, स्थायी प्रतिनिधि, महावाणिज्यदूत तथा अन्य कूटनीतिक अधिकारीहरूले आफ्ना नियोगका प्रमुख गतिविधि, सहकार्यका अवसर, सेवा प्रवाहको अवस्था र अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताबारे जानकारी गराएका थिए।
मन्त्रालयका अनुसार उक्त अन्तरक्रिया शृंखलामार्फत नियोगहरूको कार्यसम्पादनलाई सरकारका प्राथमिकतासँग थप समन्वय गर्ने उद्देश्य राखिएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...
भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण
भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...
रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ
रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...
रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन
रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...
रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत...
लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन
लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment