३० जेठ २०८३, शनिबार

मरिण गाउँपालिकामा शिक्षकलाई बाल तथा किशोर मानसिक स्वास्थ्यबारे अभिमुखीकरण


अ+
अ-

सिन्धुली, वैशाख ६ । मरिण गाउँपालिकाका सातै वडाबाट सहभागी माध्यमिक तहका शिक्षकहरूका लागि बाल तथा किशोर मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ।

कार्यक्रममा बालबालिका तथा किशोरमा देखिने मानसिक स्वास्थ्य समस्याबारे जानकारी गराइएको थियो। विशेषगरी भावनात्मक असन्तुलन, चिन्ता, व्यवहारमा आउने परिवर्तन तथा तनावसम्बन्धी चुनौतीहरूबारे शिक्षकहरूको समझदारी अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। विद्यालयमै प्रारम्भिक चरणमा यस्ता समस्याहरू कसरी पहिचान गर्ने र प्रभावित विद्यार्थीलाई कसरी सहयोग गर्ने भन्ने विषयमा पनि प्रशिक्षण दिइएको थियो।

अभिमुखीकरणमा मानसिक स्वास्थ्य समस्या भोगिरहेका बालबालिका तथा किशोरलाई सेवाबाट वञ्चित हुन नदिनुपर्नेमा जोड दिइएको थियो। विद्यालयलाई सुरक्षित र सहयोगी वातावरणका रूपमा विकास गर्दै प्रारम्भिक पहिचान, मनोसामाजिक सहयोग तथा आवश्यक पर्दा उचित निकायमा सिफारिस गर्ने प्रणाली सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

यसका साथै, स्थानीय तहमा प्रभावकारी मदिरा नीति निर्माण तथा कार्यान्वयनको आवश्यकताबारे पनि छलफल गरिएको थियो। परिवार र समुदायमा अव्यवस्थित मदिरा सेवनले बालबालिकामा तनाव, उपेक्षा, हिंसा र भावनात्मक असुरक्षा निम्त्याउन सक्ने भएकाले यसलाई नियन्त्रण गर्न नीतिगत पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

यस्तै अभिमुखीकरण कार्यक्रमहरू क्रमशः कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा पनि सञ्चालन गरिने जनाइएको छ, जसले विद्यालय स्तरमा बाल तथा किशोर मानसिक स्वास्थ्यबारे सचेतना र सहयोग प्रणालीलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरभित्रका १२ विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्