१ असार २०८३, सोमबार

शनिबार–आइतबार सार्वजनिक बिदा भए पनि आकस्मिक र शल्यक्रिया सेवा २४सै घण्टा सञ्चालनमा रहने


अ+
अ-

काठमाडौं, वैशाख ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भए पनि अस्पतालहरूमा आकस्मिक तथा अत्यावश्यक शल्यक्रिया सेवा निरन्तर सञ्चालनमा रहने जनाएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल सरकारको निर्णय बमोजिम हाल लागू गरिएको दुईदिने सार्वजनिक बिदाको व्यवस्थाले बिरामीको उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले आकस्मिक सेवा, अन्तरंग सेवा तथा आवश्यक शल्यक्रिया सेवा २४सै घण्टा सञ्चालनमा राखिने उल्लेख गरिएको छ।
विज्ञप्तिमा बिदाका दिनहरूमा बिरामीले कुनै असहजता महसुस नगर्ने गरी अस्पतालहरूले आवश्यक तयारी अवस्थामा रहनुपर्ने पनि उल्लेख छ। साथै, उपलब्ध नभएका सेवाहरूका लागि बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रिफर गर्ने व्यवस्था मिलाउन र एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
मन्त्रालयले सर्वसाधारणलाई उपलब्ध सेवाबारे जानकारी अस्पताल तथा सूचना प्रणालीमार्फत सार्वजनिक गरिने जनाएको छ। साथै, आगामी दिनमा संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण सम्पन्न भएपछि तथा अस्पताल सुधार कार्यविधि, २०८२ अनुसार स्वास्थ्य सेवाहरूलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्