१६ बैशाख २०८३, बुधबार

सम्पत्ति शुद्धिकरण अनुसन्धानको विषयमा देउवाको स्पष्टीकरण : ‘मेरो जीवन खुल्ला पुस्तक जस्तो’


अ+
अ-

काठमाडौँ, चैत २५ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु भएको समाचारप्रति स्पष्टीकरण जारी गर्दै त्यसलाई ‘भ्रामक र झुटा प्रचारबाजी’ भएको बताएका छन्।

सामाजिक सञ्जालमा आज सार्वजनिक गरिएको एक वक्तव्यमा देउवाले भनेका छन्, “म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।”

उनले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सरकारी निकायमा बुझाइसकेको दाबी गर्दै भने, “नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु।”

मेरो जीवन एउटा खुल्ला पुस्तक’

पूर्वप्रधानमन्त्री देउवाले आफ्नो राजनीतिक जीवनलाई ‘खुल्ला पुस्तक’ को संज्ञा दिएका छन्। उनले लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका पक्षमा आफूले सिंगो जीवन संघर्ष गरेको बताएका छन्।

“देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यतित गरेको हुँ,” उनको भनाइ छ।

भ्रष्टाचार निवारणका ऐन आफैंले ल्याएको स्मरण

देउवाले आफू गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ ल्याएको र प्रधानमन्त्री रहँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको स्मरण गराउँदै भ्रष्टाचारमुक्त समाज निर्माणमा आफ्नो भूमिका रहेको दाबी गरेका छन्।

“भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ,” उनको वक्तव्यमा उल्लेख छ।

उपचारका क्रममा विदेश

हाल उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले उपचारको क्रम अझै जारी रहेको बताएका छन्। उनले सञ्चारमाध्यमबाट सार्वजनिक भएका विवरणहरूमा अतिरञ्जना रहेको भन्दै सबैलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

“बास्तविकता समयक्रमसँगै खुल्दै जानेछ। अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,” देउवाले भनेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्