८ भदौ २०८३, मंगलबार

नेपाल प्रहरीद्वारा विभिन्न जिल्लामा मानव बेचबिखन तथा यौन शोषणका ४ अभियुक्त पक्राउ


अ+
अ-

काठमाडौँ, चैत २५ । मानव बेचबिखन तथा ओसारपसार कसुरमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले ४ जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध विभिन्न मितिमा जबरजस्ती वेश्यावृत्ति र ठगीपूर्ण प्रलोभन देखाई विदेश पठाएर यौन शोषण गराएको आरोप छ।

ब्यूरोका अनुसार पक्राउ पर्नेमा मकवानपुरकी ३० वर्षीया वास्ना माया योञ्जन, काठमाडौँका २३ वर्षीय आयुष केसी, दोलखाकी ५६ वर्षीया सुनीता तामाङ र धादिङका ४२ वर्षीय हरि शमशेर रायमाझी रहेका छन्।

पीडितलाई कुकको बहानामा वेश्यावृत्ति धन्दा

वास्ना माया योञ्जनलाई प्रहरीले २०८२ पुस २३ गते काठमाडौँबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनले ललितपुरको खाजाघरमा एक जना महिला पीडितलाई कुक र वेटरको काम लगाइदिने प्रलोभन देखाएर ग्राहकसँग यौन क्रियाकलाप गर्न बाध्य पारेकी थिइन्। पछि अर्को होटलमा सरसफाइको कामको बहानामा रु. ५०० प्रति ग्राहकका दरले जबरजस्ती वेश्यावृत्ति गराइराखेको अवस्थामा ब्यूरोबाट खटिएको टोलीले पीडितको उद्धार गरेको थियो। योञ्जनलाई ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

हङकङ होटलको नाउँमा कम्बोडियामा यातना

अर्को घटनामा आयुष केसीले २६ वर्षीय एक पुरुष पीडितलाई हङकङको होटलमा मासिक रु. १ लाख तलब हुने भन्दै ठगी गरेका थिए। पीडितसँग रु. ३ लाख लागत खर्च लिएर काठमाडौँ विमानस्थलबाट दिल्ली, भियतनाम हुँदै कम्बोडिया पुर्याइएको थियो। त्यहाँ मोबाइल, पासपोर्ट र डलर नियन्त्रणमा लिई ‘अनलाईन स्क्याम’ (अनलाइन ठगी) को काममा बन्धक बनाइएको थियो। पछि कम्पनीमा छापा मार्दा पीडित भागेर नेपाल फर्किन सफल भए। केसीलाई २०८२ पुस २४ गते काठमाडौँबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थपिएको छ।

कलंकीको टहरामा नाबालिकालाई समेत यौन शोषण

सबैभन्दा संवेदनशील घटना काठमाडौँ कलंकीमा भएको छ। प्रतिवादी सुनीता तामाङ र हरि शमशेर रायमाझीले तीनवटा कोठा भाडामा लिई ५ नाबालिका र ३ महिला गरी ८ जनालाई विभिन्न प्रलोभन तथा डर त्रास देखाई बन्धक बनाएर दैनिक ३/४ ग्राहकसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले उक्त टहराबाट सबै पीडितको उद्धार गरी दुवै अभियुक्तलाई चैत २४ गते पक्राउ गरेको थियो। उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

नेपाल प्रहरीले पीडितहरूको उद्धार तथा आरोपितविरुद्ध थप अनुसन्धान जारी राखेको जनाएको छ। मानव बेचबिखनजस्तो जघन्य अपराध रोक्न आम नागरिकलाई कुनै पनि शंकास्पद क्रियाकलाप देखे तुरुन्त प्रहरीमा खबर गर्नसमेत अनुरोध गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्