१ श्रावण २०८३, शुक्रबार

बीमितलाई नगदमा औषधि किन्न लगाउने सेवा प्रदायकलाई कारबाही हुने : स्वास्थ्य बीमा बोर्ड


अ+
अ-

काठमाडौँ, चैत २३ । स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राहीहरूलाई बीमा सेभाभित्रै पर्ने औषधि तथा औषधिजन्य सामग्री नगदमा खरिद गर्न लगाउने सेवा प्रदायक स्वास्थ्य संस्थाविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

बोर्डले आज एक सूचना जारी गर्दै केही सेवा प्रदायक संस्थाहरूले बीमितहरूसँग बीमा प्याकेजभित्र समावेश हुने औषधि तथा सामग्रीहरू सोही संस्था वा बाहिरी औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको भन्ने व्यापक गुनासो प्राप्त भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ : “यस्ता कार्य नगर्न हुन तथा गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ।”

त्यस्तै, केही सेवा प्रदायकले बीमितलाई स्वास्थ्य बीमामार्फत सेवा लिनका लागि अग्रेषण समय लिनुपर्ने र भेदभावपूर्ण व्यवहार गर्ने गरेको गुनासो पनि प्राप्त भएको बोर्डले जनाएको छ।

यस सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त गतिविधि फेरि दोहोरिएमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही गर्नुका साथै ऐनको दफा १२ बमोजिम सम्झौता नै रद्द गरिने चेतावनी दिइएको छ।

बोर्डले औषधि तथा सेवाको दररेट बीमा सुविधा थैलीमा उल्लेखित दरभन्दा कम भएमा अस्पतालको न्यूनतम दरमा दाबी गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै सबै दाबी एपीआईमार्फत स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा दावी गर्न मिल्ने भएकाले सोहीअनुसार गर्न भनेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्