काठमाडौं, चैत २३ । आज बसेकाे राष्ट्रिय सभा बैठकबाट सांसद लिलाकुमारी भण्डारी निर्विराेध निर्वाचित भएकी छन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले लिला कुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता सांसद प्रेम प्रसाद दंगालले लिला कुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए।
आइतबार उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो ।
यस्तै, समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहेका थिए ।
अन्य लेखहरू: नेवाः टाइम्स
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment