सर्लाही, रौतहट र महोत्तरीमा उच्च हावाहुरीको जोखिम : प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
काठमाडौं, चैत २१ ।सर्लाही, रौतहट र महोत्तरी जिल्ला प्रशासन कार्यालयले तीव्र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन जनसमुदायमा जरुरी सूचना जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको जानकारीअनुसार सो क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चल्ने सम्भावना रहेको छ। यसकारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उड्ने, र विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णदेव रायबाट आज सार्वजनिक गरिएकाे सूचनामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...
विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड
विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment