३० जेठ २०८३, शनिबार

के निर्मला पन्तले न्याय पाउनेछिन् ?


अ+
अ-

काठमाडौँ, चैत २० । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण फेरि राष्ट्रिय बहसको केन्द्रमा आएको छ। लामो समयदेखि अन्योलमा रहेको तथा सत्ता र प्रभावशाली अपराधीहरूबाट गिजाेलिएकाे यस घटनाको फाइल पुनः खोलिएको (रिओपन) दाबी भइरहँदा सरकार प्रमुख बालेन्द्र शाहले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहले निर्मलाको फाइल आधिकारिक रूपमा पुनः खोलिएको जानकारी गराउँदै पीडितले न्याय नपाउँदासम्म देशले वास्तविक शान्ति महसुस गर्न नसक्ने बताएका छन्। उनले “अपराधीलाई पातालबाट भए पनि निकालेर कठघरामा उभ्याइने” उल्लेख गर्दै घटनालाई निष्कर्षमा पुर्‍याउने संकेत दिएका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्त २०७५ साउन १० गते साथीको घर गएकी थिइन्। तर घर नफर्केपछि खाेजी हुँदा उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टले उनीमाथि बलात्कारपछि हत्या गरिएको पुष्टि गरेको थियो, जसले देशभर आक्रोश फैलाएको थियो।
घटनाको अनुसन्धान सुरुदेखि नै विवादमा रह्यो। प्रहरीले प्रमाण नष्ट गरेको, अनुसन्धानमा लापरवाही गरेको तथा वास्तविक अपराधी पत्ता लगाउन असफल भएको आरोप व्यापक रूपमा उठ्यो। यसैक्रममा प्रहरीले दिलिप विष्ट लाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरे पनि पछि उनी मानसिक रूपमा अस्वस्थ रहेको भन्दै मुद्दा कमजोर बनेको थियो, जसले झन् शंका र असन्तोष बढायो।
यस घटनापछि “Justice for Nirmala” अभियान देशव्यापी रूपमा फैलियो। कञ्चनपुरदेखि काठमाडौंसम्म प्रदर्शनहरू भए, सामाजिक सञ्जालमा व्यापक दबाब सिर्जना भयो र न्यायका लागि नागरिक आवाज सशक्त रूपमा उठ्यो।
लामो समयसम्म प्रगति हुन नसकेको यो प्रकरण अहिले पुनः फाइल खोलिएको दाबी र सरकार प्रमुखको कडा अभिव्यक्तिसँगै फेरि चर्चामा आएको हो।
तर विगतका कमजोरी र विवादका कारण अझै पनि प्रश्न उस्तै छ—के यसपटक निर्मला पन्तले न्याय पाउनेछिन्?

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्