१ श्रावण २०८३, शुक्रबार

महिला मन्त्रालय गाभ्ने चर्चाप्रति राष्ट्रिय महिला आयोगको चासो, अध्यक्ष पराजुलीद्वारा खबरदारीको आह्वान


अ+
अ-

काठमाडौं, चैत १२ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिला अधिकारकर्मीहरूलाई खबरदारीका लागि आह्वान गरेकी छन्।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक अपिल गर्दै अध्यक्ष पराजुलीले नयाँ बन्न लागेको मन्त्रिमण्डलमा महिला मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित गर्ने चर्चा चलिरहेको उल्लेख गरेकी छन्। यस्तो संवेदनशील विषय सत्य नभएको आफूहरूको अपेक्षा रहेको उनले बताएकी छन्।

पराजुलीका अनुसार सन् १९९५ मा चौथो विश्व महिला सम्मेलन, बेइजिङपछि महिला, बालबालिका र ज्येष्ठ नागरिकका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धताका आधारमा नेपालमा उक्त मन्त्रालय स्थापना गरिएको हो।

उनले वर्तमान महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशका ५१ प्रतिशत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा लैंगिक–यौनिक अल्पसंख्यक समुदायको अधिकार र सामाजिक सुरक्षासँग सम्बन्धित विषय समेट्ने उल्लेख गरिन्। “यति संवेदनशील दायित्व बोकेको मन्त्रालयलाई अर्को ठूलो मन्त्रालयमा गाभ्दा महिलाका दैनिक रूपमा उठिरहेका समस्याको समाधान कसरी सम्भव हुन्छ?” भन्ने प्रश्न उनले उठाएकी छन्।
अध्यक्ष पराजुलीले संघीय संरचना कार्यान्वयनसँगै महिला विकास विभाग तथा जिल्ला स्तरका महिला विकास कार्यालय खारेज हुँदा महिला हिंसा न्यूनीकरण, न्यायिक पहुँच सहजीकरण र आर्थिक सशक्तीकरणका कार्यक्रम प्रभावित भएको पनि औंल्याएकी छन्।

उनले महिला मन्त्रालयलाई अझ सुदृढ बनाउनु पर्ने बेला उल्टै समाहित गर्ने चर्चा हुनु चिन्ताजनक रहेको बताउँदै दुई तिहाइ जनविश्वास बोकेको सरकारले यस्तो ‘अप्रिय निर्णय’ नगर्ने विश्वास व्यक्त गरिन्। साथै, सबै महिला अधिकारकर्मीहरूलाई उक्त विषयमा खबरदारी गर्न एकजुट हुन आग्रह गरेकी छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्