३१ जेठ २०८३, आइतबार

सरकारमा सहभागिताबारे हल्ला निराधार : कुलमान घिसिङ


अ+
अ-

काठमाडौं, चैत १० । कुलमान घिसिङ ले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएका चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती हल्ला निराधार रहेको स्पष्ट पारेका छन्।

उज्यालो नेपाल का अध्यक्ष घिसिङले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने व्यवस्था रहेको स्मरण गराएका छन्। उनले जनताबाट प्राप्त जनादेशविपरीत कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कुरा कल्पनासमेत गर्न नसकिने बताएका छन्।

उनले सरकारमा सहभागिताबारे अहिलेसम्म कसैसँग कुनै किसिमको छलफल नभएको प्रष्ट पार्दै फैलाइएका समाचारप्रति विश्वास नगर्न आग्रह गरेका छन्।

घिसिङले आफ्नो पार्टी अहिले चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट सिकाइ लिँदै संगठन सुदृढीकरणमा केन्द्रित रहेको उल्लेख गरेका छन्। साथै, सुशासन र समृद्धिसहितको ‘उज्यालो नेपाल’ निर्माणप्रति आफ्नो प्रतिबद्धता यथावत् रहेको पनि उनले दोहोर्‍याएका छन्।

अध्यक्ष घिसिङले आफ्नो नाम जोडेर फैलाइएका भ्रामक प्रचारप्रति सचेत रहन सबैमा आग्रह गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्