काठमाडौं, चैत ८। हिजाे चैत ७ गते परेको भारी हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पूर्वी रुकुमको सिमानास्थित पातिहाल्ने सडक खण्ड पुनः सञ्चालनमा आएको छ।
नेपाली सेनाको नेपाली सेना अन्तर्गतको चण्डीदल गणबाट खटिएको फौजले अन्य सुरक्षा निकायसँग समन्वय गरी सडकमा जमेको बाक्लो हिउँ पन्छाएपछि यातायात आवागमन पुनः सुचारु गरिएको हो।
हिमपातका कारण उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीहरू प्रभावित भएका थिए। सडक खुलाउन सुरक्षाकर्मीहरूले निरन्तर प्रयास गरेका थिए।
सडक सञ्चालनमा आएपछि यस क्षेत्रमा आवागमन सहज भएको स्थानीयले बताएका छन्। भारी हिमपातको समयमा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
अन्य लेखहरू: नेवाः टाइम्स
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment