३१ जेठ २०८३, आइतबार

आजको मौसम कस्तो रहला ?


अ+
अ-

काठमाडौं, चैत ५ । जल तथा मौसम विज्ञान विभागले आजका लागि देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यस्तै, कोशी प्रदेशसहित बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
यस्तै, राति भने देशभर मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ। तर, कोशी प्रदेशको पहाडी भू–भागमा भने आंशिक बदली रहने सम्भावना छ।
आज बिहान १०: २० बजे सार्वजनिक पूर्वानुमानअनुसार हाल सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी र बागमती प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, भाेलि चैत्र ०६ गते (शुक्रबार) दाङ र नेपालगञ्ज सहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटर/सेकेण्ड वा करिब ११९ किमि/घण्टा) चल्ने सम्भावना रहेको विभागले जनाएको छ। यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्