११ भदौ २०८३, शुक्रबार

हायात होटल तोडफोड र प्राइड क्यासिनोमा लुटपाट तथा आगजनीमा संलग्न दुई जना पक्राउ


अ+
अ-

काठमाडौँ, चैत १ । नेपाल प्रहरीले काठमाडौँको बौद्धस्थित हायात होटलमा तोडफोड गरी होटलभित्र रहेको प्राइड क्यासिनोमा लुटपाट तथा आगजनी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित हायात होटलमा भदाै २४ गते भएको तोडफोड, क्यासिनोमा लुटपाट तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा (कुले) र काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–४ घर भई हाल सोही स्थानमा बस्दै आएका ३७ वर्षीय राकेश लामा (कोरियन) रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटनाबारे प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिई  हिजाे फागुन ३० गते थप अनुसन्धान अघि बढाइएको हो।
प्रहरीका अनुसार पक्राउ परेका कुलध्वज लामा विरुद्ध यसअघि पनि विभिन्न मितिमा सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगसम्बन्धी पाँच वटा मुद्दा दर्ता भएको देखिएको छ। त्यसैगरी राकेश लामा विरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारसम्बन्धी सात वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्